Wednesday, April 17

Tag: कोरिया भाषा

कोरिया भाषा परीक्षाका लागि केन्द्र तोकियो, तपाईंको ‘सेन्टर’ कहाँ पर्‍यो, हेर्नुहोस् सूची
समाचार

कोरिया भाषा परीक्षाका लागि केन्द्र तोकियो, तपाईंको ‘सेन्टर’ कहाँ पर्‍यो, हेर्नुहोस् सूची

काठमाडौं : कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ। परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो। परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी दिइएको छ। महाशाखाका सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । शाखा...
यी २० जना जसले दिनपाउने छैनन् कोरिया भाषा परीक्षा (नामसहित)
समाचार

यी २० जना जसले दिनपाउने छैनन् कोरिया भाषा परीक्षा (नामसहित)

शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए। दरखास्त रद्द हुनेमा दुई महिला रहेका छन् । दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो । सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा ...
कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकियो
समाचार

कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकियो

काठमाडौं । सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ । यही २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोकेको छ । यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौँ जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिए। सो शाखाका अनुसार ९२ हजार ३७६ जना युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । शाखाका अनुसार सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन परेको छ । आवेद...
कोरियन भाषा परीक्षा : यी हुन् परीक्षामा हुनसक्ने गल्ती
प्रमुख समाचार

कोरियन भाषा परीक्षा : यी हुन् परीक्षामा हुनसक्ने गल्ती

कोरियन भाषा परीक्षाको परीक्षामा केही प्रश्नको उत्तर हेरेर र केही प्रश्नको उत्तर तत्काल सुनेर तत्काल लेख्नुपर्ने हुन्छ । हतार गर्दा जानेको प्रश्नको उत्तर पनि बिग्रन सक्छ । परीक्षामा सोधिएका प्रश्नहरुको कुनै उत्तर लेख्नुपर्दैन । मात्रै उत्तरपुस्तिकामा दिईएको गोलो घेरा भित्र चिन्ह लगाए मात्रै पुग्छ । कुनै शब्द लेख्नु नपर्ने भएकाले हतार नगर्ने हो भने मज्जाले उत्तर लेख्ने समय पुग्छ । घोकेरभन्दा पनि जसले बढी प्राक्टिस गरेको छ उसले बढी कुरा बुझेको हुन्छ । उत्तरपुस्तिकामा लेख्न भनिएको विवरण राम्ररी र प्रष्टसँग उल्लेख गरेको हुनुपर्छ । कोरियन भाषामा उस्तै उस्तै किसिमको संरचना र उच्चारण हुने भएकोले अलि गहिरिएर अक्षर चिन्ने तथा त्यसको उच्चारणको फरकलाई बुझ्नसक्ने खुबी हुनपर्छ । सुन्ने प्रश्न अति नै ध्यान दिएर सुन्नुपर्छ । एउटै प्रश्नमा धेरैबेर घोरिँदा जानेको अर्को प्रश्न पनि बिग्रने सम्भावना हुन्छ त्यस...