Sunday, September 8

Tag: कोभ्याक्स

नेपालले कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा खोप प्राप्त गर्दै
जीवनशैली, प्रमुख समाचार, स्वास्थ्य

नेपालले कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा खोप प्राप्त गर्दै

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने त्यसले कोभिड–१९ विरूद्धको खोपको पुँजी विविधीकरण र सुदृढीकरण भएको छ । 'कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल प्रारम्भिक देशहरूमध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु', स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने, 'मोर्डर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिनसमेत सघाउने भएको छ ।' उक्त खोप सन् २०२२ को मार्च महिनासम्म आईपुग्ने अपेक्ष...