Sunday, July 21

Tag: केपी शर्मा ओली

एमालेमा उम्मेदवार बन्न ६ मापदण्ड, महानगरका प्रमुख-उपप्रमुख केन्द्रले नै तोक्ने
प्रमुख समाचार, समाचार

एमालेमा उम्मेदवार बन्न ६ मापदण्ड, महानगरका प्रमुख-उपप्रमुख केन्द्रले नै तोक्ने

एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो । जसअनुसार एमालेबाट स्थाीिय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टीकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो । सो सैद्धान्तिक मापदण्ड भित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेसी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदव...
एमालेले चुनावी घोषणापत्र ९ वैशाखमा सार्वजनिक गर्ने
प्रमुख समाचार, समाचार

एमालेले चुनावी घोषणापत्र ९ वैशाखमा सार्वजनिक गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने भएको छ । आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र र स्थानीय प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो । बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केन्द्रीय तहबाट चुनावी घोषणा पत्र बनाउने तथा पालिका तहले अलग्गै प्रतिबद्धता पत्र बनाउनु पर्ने प्रस्ताव गरेका छन्, जसलाई आजैको बैठकले अनुमोदन गराउनेछ । ‘पार्टीको केन्द्रिय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरु, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्न राष्ट्रियस्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हा...
‘अयोध्या’ नेपालको हो, भारतले ‘नक्कली खडा’ गरी सांस्कृतिक अतिक्रमण गर्‍यो : प्रधानमन्त्री
प्रमुख समाचार

‘अयोध्या’ नेपालको हो, भारतले ‘नक्कली खडा’ गरी सांस्कृतिक अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं, २९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतल अतिक्रमण गरेको बताएका हुन् । भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादीत अयोध्या खडा गरेको उनको भनाइ छ । ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन,' उनले भने, 'अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी ...
हावाहुरीले खण्डहर पारेको क्षेत्रमा राहतको खोजी
खेलकुद, प्रमुख समाचार, शिक्षा, स्वास्थ्य

हावाहुरीले खण्डहर पारेको क्षेत्रमा राहतको खोजी

रमेश लम्साल पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ आँधी आए तराईमा पहाडले छेक्नुपर्छ हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ काठमाडौं : गीतकार दिनेश अधिकारीले लेखेका र गायक स्वरुपराज आचार्यले गाएको यो गीतले भने जस्तै भएको छ यतिखेर बारा र पर्साको अवस्था । प्राकृतिक विपत्ले क्षणभरमै बस्ती सखाप पार्ला भन्ने कल्पनासमेत गरेका थिएनन् महागढीमाई, पचरौता, प्रसौनी, फेटा, सुवर्ण र परवानीपुरका बासिन्दाले । चैतको धूपमा साँझ चिसिँदै थियो । स्थानीयवासी आफ्नै धुनमा थिए । एकाएक विपद् आइलाग्यो र २७ जनालाई ठाउँको ठाउँ टिपेर लग्यो भने ६०० बढी घाइते भए । घरबास उड्यो, अन्नपात हुरीले उडायो । विद्युत्का पोल ढलेका छन् । पोल नै नभएपछि विद्युत् सेवा आउने कुरै भएन । टेलिफोनका तार चुँडेका छन्, सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । के खाने र के लाउने भन्ने चिन्तामा परेका स्थ...
क्षणभरमै खोसिएको खुसी
प्रविधि, समाचार

क्षणभरमै खोसिएको खुसी

रमेश लम्साल/सिबी अधिकारी काठमाडौं : दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरूलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा कल्पनाभन्दा बाहिरको थियो र आखिर त्यही भयो । खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवान्को पुकार गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरेका छन् । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न त घर रह्यो नत अन्न बाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ ।...