Saturday, April 20

Tag: कृष्णबहादुर कार्की

नवनियुक्त नेप्सेका सिइओ भन्छन् – शेयर बजारलाई व्यवस्थित गराउँछु
अर्थ, समाचार

नवनियुक्त नेप्सेका सिइओ भन्छन् – शेयर बजारलाई व्यवस्थित गराउँछु

सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कार्कीले पनि नियुक्तिको जानकारी आफूलाई प्राप्त भएको बताए । उनले शेयर बजारलाई व्यवस्थित बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने उल्लेख गरे । तत्कालीन सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि विगत छ महिनादेखि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो । पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।...