Wednesday, February 21

Tag: कृषि

नेपालका मात्रै होइन फ्रान्सेली कृषकको पीडा पनि उस्तै
विश्व

नेपालका मात्रै होइन फ्रान्सेली कृषकको पीडा पनि उस्तै

इसाबेल मालस्याङ गुलेम लिफोर्ट आफ्नो फार्ममा उब्जाउने कृषिबालीको नामसहित कम्प्युटरमा नक्सा कोर्न व्यस्त छन्। यो उनको हरेक वर्ष बाली लगाउनुअघिको दिनचर्या हो। युरोपको 'साझा कृषि नीति (क्याप)' मार्फत कृषि अनुदान लिन आफ्नो खेतीबालीको विस्तृत विवरण अधिकारीहरु समक्ष दर्ता गर्न पर्खाइमा छन्। 'यहाँनेर गहुँ लगाउँछु, त्यहाँ धनियाँ र त्यसभन्दा पर खाली बाँझो रहन्छ,' लिफोर्ट भन्छन्, 'क्यापबाट पैसा नपाए हामी खेतीबाली लगाउन सक्दैनौँ। यो सम्भव नै छैन।' अरू फ्रान्सेली कृषक झैँ उनी पनि अर्को महिना हुने युरोपेली युनियनको संसदको चुनावको नतिजाको पर्खाइमा छन्। यो चुनावले युरोपेली आयोगमा नयाँ पदाधिकारीको चयन गर्नेछ। आयोगको एउटा मुख्य कार्य नै सन् २०२१–२०२७ का लागि नयाँ बजेट तयार गर्ने हो। युरोपेली राष्ट्रका लाखौं कृषकको जीवनमै असर पार्ने अनुदानका बारेमा पनि यही बजेटमा सहमति खोज्नुपर्ने हुन्छ। युरोपेली मुलुकका ...
व्यावसायिक कृषिमा पहिचान बनाउँदै बाघमारा
खेलकुद, प्रविधि, ब्रेकिङ

व्यावसायिक कृषिमा पहिचान बनाउँदै बाघमारा

वासुदेव पौडेल          पोखरा : वर्षात् शुरु भएसँगै यतिखेर बाघमाराका कृषक लहरे तरकारीको तयारीमा जुटेका छन् । बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका लागि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाट जोगाउन प्रयास गर्नु यतिखेर यहाँका कृषकको दैनिकीजस्तै बनेको छ । पोखराको बजारमा विशिष्ट पहिचानजस्तै बन्दै गएको यहाँको दूध तथा तरकारीको व्यवसायबाट कृषकले राम्रो आयआर्जन गर्न सफल बनेको बाघमाराका अगुवा कृषक खगेन्द्रराज अधिकारीले बताउनुभयो । जलवायु परिवर्तनका कारण वर्षेनी मौसममा हुँदै गएको परिवर्तनसँगै यहाँको तरकारी उत्पादन हुने क्रममा पनि परिवर्तन आएको छ । पछिल्ला चार दशकको अन्तरालमा यस क्षेत्रमा शुरुमा दाल र पिडालु उत्पादन हुने गरेकोमा त्यसपछि गोलभेँडा हुँदै अहिले लहरे तरकारी राम्रो उत्पादन हुने गरेको छ । आजभन्दा झण्डै डेढ दशक अघिसम्म बाघमाराको गोलभेँडा पोखरामा मात्र नभएर स्याङ्जा, तनहुँका साथै नेपालका...