Wednesday, April 17

Tag: कुस्ती

शिवांगी दुबे : ‘कक्षा–दश, स्वर्ण पाँच’
खेलकुद, प्रमुख समाचार

शिवांगी दुबे : ‘कक्षा–दश, स्वर्ण पाँच’

शेरबहादुर सिंह खेलप्रतिको लगाव र मेहनतले छोटो समयमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् कुस्तीका खेलाडी शिवाङ्गी दुबे। कञ्चनपुरको भीमदत्तनगरस्थित आर्दश विद्या निकेतनमा कक्षा–१० मा अध्ययनरत शिवाङ्गी नेपाली महिला कुस्तीको इतिहासमा अब्बल खेलाडीका रुपमा उदाएकी छन्। भीमदत्तनगरपालिका–४ भाषीस्थित तीन वर्षदेखि बुबा÷आमासित डेरा गरी अध्ययनसँगै कुस्ती खेलमा लागेकी दुबे यतिबेला हेटौँडामा भइरहेको कुस्ती खेलको बन्द प्रशिक्षणमा छिन्। आगामी मङ्सिरमा हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा ५३ किलो तौल समूहमा भिडन्तको तयारीमा जुटेकी दुबे बुबा राजुको प्रेरणाबाट २०७४ सालमा कुस्तीमा प्रवेश गरेकी हुन। विसं २०७४ यता मुलुकका विभिन्न भागमा भएका राष्ट्रिय प्रतियोगितामा आफ्नो तौल समूहमा एक छत्र स्वर्ण पदक जित्दै आएकी दुबे गत चैतमा सम्पन्न वृहत आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि स...