Sunday, July 21

Tag: कुखुरा पालन

वैदेशिक रोजगार छोडेर कुखुरापालन व्यवसायमा रमाउँदै युवा
समाचार

वैदेशिक रोजगार छोडेर कुखुरापालन व्यवसायमा रमाउँदै युवा

पाल्पा : वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् । अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । यति हुँदाहुँदै पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम घट्नेभन्दा झन् बढ्ने क्रममा छ । पाल्पा रामपुरका तीन युवाहरुले भने एक उदाहरणीय कामको थालनी गरेका छन् । रामपुर नगरपालिका क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउन रामपुर एग्रोफार्म दर्ता गरी समूहमा व्यवसाय चलाउँदैछन् । रामपुर नगरपालिका–८ बस्ने युवा भुवन अर्याल, आशीष अर्याल र गणेश अर्यालले एक वर्षअघि देखि रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय शुरु गरेका हुन् । यो व्यवसाय रामपुर नगरपालिका क्षेत्रकै ठूलो लगानीमा सञ्चालन भएको नमूना व्यवसाय हो । वार्षिक रु ५० हजार बुझाउने गरी २७ र...