Friday, February 23

Tag: किम्फ

किम्फमा ‘पियानो टु झंस्कर’ले जित्यो दुई लाख रुपैयाँ
मनाेरञ्जन

किम्फमा ‘पियानो टु झंस्कर’ले जित्यो दुई लाख रुपैयाँ

काठमाडौं : पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को अन्तर्राष्ट्रिय प्रतिष्पर्धा तर्फको प्रथम पुरस्कार माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ ले जितेको छ । फिल्मले दुई लाख रुपैयाँ हात पार्न सफल भएको छ । त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै मार्गा गुटेरिजको ‘रोप्स्’ ले तेस्रो हुँदै एक लाख रुपैयाँ जितेको छ । नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो । सो अवार्डहरुलाई मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डद्वारा गरिएको छ । किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भ...