Monday, February 26

Tag: किताब अभाव

काठमाडौंमै पुगेनन् किताब, रित्तो हात फर्किदै भर्ना भएका विद्यार्थी
प्रमुख समाचार

काठमाडौंमै पुगेनन् किताब, रित्तो हात फर्किदै भर्ना भएका विद्यार्थी

काठमाडौं : अधिकांश सामुदायिक विद्यालयले पाठ्यपुस्तक खरिद गर्न अझैसम्म रकम प्राप्त गर्न सकेका छैनन्। सरकारले वैशाख २ गतेबाट नयाँ विद्यार्थी भर्ना अभियान थालेको छ। विद्यार्थी भर्ना भएकै दिन निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने नीति सरकारले लिएको छ। नयाँ भर्ना हुन विद्यार्थी बडो उत्साहका साथ विद्यालयमा पुग्ने गरेका छन्। भर्नापछि उनीहरू रित्तो हात विद्यालयबाट बाहिरिनुपरेको छ। विगतमा साविकको शिक्षा विभागले साविकको जिल्ला शिक्षा कार्यालयमार्फत् विद्यालयको खातामा रकम जम्मा गरिदिने प्रचलन थियो । अब अर्थ मन्त्रालयले स्थानीय तहमार्फत् विद्यालयको खातामा पाठ्यपुस्तक वापतको रकम जम्मा गरिदिने व्यवस्था छ।  विद्यालयले पाठ्यपुस्तक खरिद गरी भर्ना हुन आएका विद्यार्थीलाई सोही दिन नयाँ पाठ्यपुस्तक दिने नीति छ। कर्मचारी समायोजन ढिला हुँदा कतिपय स्थानीय तहमा कर्मचारी पुगेका छैनन् भने कतिपयमा भर्खरै पुगेका छन्। नया...