Sunday, July 21

Tag: कारागार

कारागारभित्रैबाट लागुऔषध कारोबारको धन्दा
जीवनशैली, समाचार

कारागारभित्रैबाट लागुऔषध कारोबारको धन्दा

कारागारभित्रैबाट लागुऔषधको कारोबार हुने गरेको तथ्य नेपाल प्रहरीले पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सिन्धुली कारागारमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले त्यहाँका टेलिफोन नाइके सन्तोष स्याङ्तानलाई आर्थिक प्रलोभनमा पारी कारागारभित्रैबाट लागुऔषध कारोबारमा संलग्न गराएको तथ्य फेला परेको हो । तत्काल सिन्धुली कारागारमा रहेका स्याङ्तान हाल रौतहट कारागार कार्यालयमा छन् । हाल उनलाई झिकाएर अनुसन्धान थालिएको श्रेष्ठले बताए । गुप्ता २०६८ सालमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले खैरो हेरोइन कारोबार मुद्दामा पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको २०६९ सालको फैसलाबाट १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । हाल का...
अब कसुरअनुसार फरक हिरासत
प्रमुख समाचार

अब कसुरअनुसार फरक हिरासत

नारायण ढुंगाना    काठमाडौं : प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर (काठमाडौँ प्रहरी) को भौतिक संरचना विसं २०७२ को भूकम्पपछि अझै दयनीय छ । महाशाखामा भने थुनुवा कक्ष नै छैन । अस्थायीरूपमा बस्दै आएको परिसरमा थुनुवा मात्रै होइन, प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था छ । तर, अब बन्न लागेको अपराध महाशाखा र परिसरको भवन भने वर्तमान आवश्यकतालाई ध्यान दिँदै अपराधअनुसारको हिरासत कक्षसहित आधुनिक प्रविधियुक्त हुनेछ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल...
कर्णालीका कारागारमा किताब अभियान
ब्रेकिङ, साहित्य

कर्णालीका कारागारमा किताब अभियान

प्रकाश अधिकारी          सुर्खेत : कर्णाली प्रदेशका जिल्लामा रहेका कारागारमा प्रदेश सरकारले ‘कारागारमा किताब अभियान’ शुरु गरेको छ । उक्त अभियानको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभएको छ । सो अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले सुरक्षित समाज निर्माणका लागि सामाजिक रुपान्तरण जरुरी रहेको बताउनुभयो । उहाँले बन्दुक देखाएर एवं लाठी प्रहार गरेरमात्र समाज शान्त नहुने भएकाले यसका लागि सामाजिक रुपान्तरणको खाँचो औंल्यानुभयो । उहाँले यस अभियानले कर्णालीमा सामाजिक रुपान्तरणको नयाँ आयाम शुरु भएको बताउनुभयो । “सकारात्मक सोचको भावना विकास गर्न पुस्तक पढ्न जरुरी छ, जेलमा बस्दैमा निराश हुनुपर्दैन्”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “तपाईंहरुको ज्ञान, सीप, रुची के छ प्रस्ताव पठाउनुस् सरकार सहयोग गर्न तयार छ ।” उहाँले कैदीबन्दीलाई गुरुकूल सम्झेर कारागारमा पुस्तक पढ्न आग्रह गर्नुभ...