Saturday, April 20

Tag: कामदार

कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव
जीवनशैली

कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव

सरकारले यो वर्ष एकै पटक ईपिएस प्रणालीबाट १० हजार कामदार लिने बताएसँगै कोरियामा काम गरिरहेका श्रमिकले उनीहरूलाई मानसिक र शारीरिक रूपमा तयार भएर मात्रै जान सुझाएका छन्। सन् २००८ बाट कोरियाले शुरू गरेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यो वर्ष उसले १० हजार ५० जना नेपाली कामदार लैजाने बताइएको छ। यति ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने बताइएका बेला आकर्षक गन्तव्य मानिएको कोरिया जानुअघि कामको प्रकृति र त्यहाँ भोग्नुपर्ने समस्याबारे अवगत हुन सुझाएका छन्। आफूहरूले कोरिया जाँदा एक थरी सोचेको र पुग्दा सोचे भन्दा कठिन भएको भन्दै उनीहरूले त्यहाँ जस्तो काम परी आए पनि गर्नसक्ने हिम्मत राख्नुपर्ने बताएका छन्। शुरूमा धेरै परिश्रम त्यसरी सुझाउनेमध्ये एक हुन् दाङकी मन्जु पन्थी। काठमाडौंस्थित एक निजी संस्थामा काम गर्दा दैनिक जीवनका आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकिने देखेपछि उनले कोरिया जाने तयारी था...