Sunday, July 21

Tag: काफल

काफल बेचेर वर्ष दिनका लागि घरखर्च जोहो
समाचार

काफल बेचेर वर्ष दिनका लागि घरखर्च जोहो

दाङ : दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा मौसम अनुसारका फलफूल तथा जङ्गली फल काफल बेच्नेको ताति नै लाग्ने गरेको छ । दाङका विभिन्न बजारमा काफल बेचेर उनीहरुले दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेका छन् । सल्यान कपुरकोटबाट ल्याएका काफल बेचेर मात्रै दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेको तुलसीपुर बजारमा काफल बेच्दै आएकी धनसरी घर्तीले बताइन् । 'दिनमा रु चार हजारसम्म कमाइ हुन्छ”, उनले भनिन, “कहिलेकहीँ त त्योभन्दा बढी पनि हुन्छ ।' दिनभरि काफल टिपेर भोलिपल्ट बिहानै तुलस...