Monday, February 26

Tag: कला

निरन्तर कला साधनामा कायस्थ
जीवनशैली

निरन्तर कला साधनामा कायस्थ

पोखरा : उमेरले ७६ वर्ष लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो देखिन्छन् पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीलाई कलाबारे जिज्ञासा मेट्नु यतिखेर उनको दैनिकी जस्तै बनेको छ । नातिनातिनाले घेरिएजस्तै स्कुले विद्यार्थीले उनलाई प्रदर्शनी कक्षमा घेरेर कला सम्बन्धमा विभिन्न जिज्ञासा राखिरहँदा र त्यसलाई मेट्न पाउँदा आफूलाई निकै सन्तोषको अनुभूति दिलाएको कायस्थले बताए । विद्यार्थीमा देखिएको कलाप्रतिको लगावसँगै यस क्षेत्रको भविष्य पनि दिनानुदिन सुनौलो बन्दै गएको उनको बुझाइ छ । कायस्थको कलाकारिताप्रतिको लगावलाई आत्मसात् गर्दै उनको परिवारजन र कलाप्रेमीको सक्रियतामा स्थापित कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले स्कुले विद्यार्थीसँगै संयुक्त प्रदर्शनीको अवसर जुटाइदिएको हो । प्रतिष्ठानमार्फत दुई वर्षअघि देखि पोखर...