Sunday, July 21

Tag: कफी

बाँझो जग्गामा व्यावसायिक कफीखेती
समाचार

बाँझो जग्गामा व्यावसायिक कफीखेती

बसाइँसराइका कारण गाउँमा बाँझो रहेका जमीनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यावसायिक कफीखेती शुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमीनमा कफीखेती गर्न थालेको हो । तत्कालका लागि सर्कुवामा रहेको २५ रोपनी जमीनमा कफीका बिरुवा लगाइएको छ । सहकारीको कार्यक्षेत्रभित्र रहेका सबै बाँझो जग्गालाई सदुपयोग गरी व्यावसायिक कफी उत्पादन गर्ने अभियान थालिएको सहकारीका अध्यक्ष लीलादेवी थापाले बताउनुभयो । गाउँ छोडेर तराईका भू–भाग तथा शहर बजारमा बसेकाबाट सहकारीले प्रतिरोपनी प्रतिवर्ष एक हजार २०० रुपैयाँका दरले भाडा उपलब्ध गराउने गरी जग्गा लिएको छ । बीस वर्षका लागि जग्गा सदुपयोग गर्ने सम्झौता गरेर कफीखेती थालिएको थापाले बताउनुभयो । पहिलो वर्ष भएकाले स्थानीय किसानले उत्पादन गरेका कफीका बिरुवा सरकारी दररेटका आधारमा खरीद गरेर सहकारीले ...
कफीले हाम्रो शरीरलाई फाइदा गर्छ कि नोक्सान ?
स्वास्थ्य

कफीले हाम्रो शरीरलाई फाइदा गर्छ कि नोक्सान ?

धेरै जसो मानिसहरू दिनको सुरुवात बिहान कफी पिएर हुने गर्दछ। किनकि एक कप कफीले तुरुन्त शरीरमा ऊर्जा भरिदिन्छ र तपाईं तन्दुरुस्त महसुस गर्नुहुन्छ। अझ कतिपय मानिस टाउँको दुख्यो भने पनि कफी पिउने गर्छन्। तर के तपाईंले धेरै कफी पिउँदा श्वास्थ्यमा कुनै असर त पर्दैन भन्ने कुराका बारेमा जान्ने कोशिस गर्नुभएको छ? धेरै कफी पिउँदा मुटु रोगको खतरा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिशनमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनले धेरै कफी पिउँदा मुटुसम्बन्धी बिरामी हुने खतरा बढी हुने पत्ता लगाएको छ। अनुसन्धान प्रतिवेदनका अनुसार दिनमा ६ कपभन्दा बढी कफी पिउने व्यक्तिलाई दिनमा १ वा २ कप कफी पिउने भन्दा २२ प्रतिशत धेरै मुटुसम्बन्धी रोग लाग्ने खतरा हुन्छ। यद्यपि यो अरेक व्यक्तिको मेटाबालिक रेटमा निर्भर रहने पनि पत्ता लागेको छ। कफीले शरीरलाई फाइदा गर्छ कि नोक्सान केही अनुसन्धानले कफीले फाइदा गर्ने निष्कर्ष निकाले...
सुनभन्दा महँगो कफी !
शिक्षा

सुनभन्दा महँगो कफी !

सुनको मूल्य त प्रत्येक दिनजसो बढिरहेको छ र वर्षेनी यो बढ्दो छ । तर, सुनभन्दा पनि महंगो छ कफी । नेपाली समाजमा पछिल्लो समय कल्चरका रुपमा विकास हुँदै छ– कफी कल्चर । काठमाडौंमा वा नेपालभर अहिले कफी सपहरू बर्गेल्ती खुलिरहेका छन् । कफी सपहरुमा पाइने सबै कफी एकै प्रकारका चाहिँ होइनन् । कफीका अनेकौं किसिम हुन्छन् र कुनै कुनै कफीको मूल्य त सुनको भन्दा पनि महंगो हुन्छ । कोपी लुवाक नामको एउटा यस्तै कफी छ जसको मूल्य सुनभन्दा पनि बढी हुन्छ । यो कफी इन्डोनेसिमा बन्छ । यसको उत्पादनका लागि एसियामा मात्र पाइने सिवेट बिरालोको प्रयोग हुन्छ । यी बिरालोहरुलाई कफीको दाना खुवाइन्छ । त्यसपछि उनीहरुको मलमा निस्कने केही विशेष दाना छानेर मात्र कफी तयार पारिन्छ । उत्पादकहरु भन्छन्– यस्तो गर्नाले कफीको प्राकृतिक मीठापन चाख्न पाइन्छ । यो प्रक्रिया घरेलु नभइ जङ्गली बिरालोबाट गर्ने हो भने एक किलो कफीको कम्तिमा पनि ७...