Thursday, May 23

Tag: कटरिना क्याफ

‘भारत’को शीर्षक कसरी जुर्‍यो, निर्देशक अलि अब्बासले गरे खुलासा
मनाेरञ्जन

‘भारत’को शीर्षक कसरी जुर्‍यो, निर्देशक अलि अब्बासले गरे खुलासा

सलमान खानको फिल्म भारत छिट्टै नै रिलिज हुँदैछ। फिल्ममा फेरि एक पटक सलमान खान र कटरिना क्याफको जोडीलाई साथमा देख्न पाइने छ। फिल्मलाई अलि अब्बास जफरले डाइरेक्ट गरेका हुन्। अब्बासले फिल्मको शीर्षक कसरी जुर्‍यो भन्ने खुलासा गरेका छन्। उनले एक अन्तर्वार्तामा भारत फिल्मको शीर्षक कसरी जुर्‍यो भने विषयमा बताएका छन्। अब्बासले पिटिइसँगको अन्तर्वार्ताका क्रममा भने, ‘मैले फिल्मको नाम ओड टू माइ फादर नै राख्न चाहन्थेँ। मैले उक्त व्यक्तिले आफ्ना बुवासँग के प्रमिस गरेको थियो भन्ने कुरामा ध्यान दिएको थिइन। फेरि मैले सलमानलाई भने मैले यो फिल्मलाई केबल तपाईंको यात्राको रूपमा निर्माण गर्ने छैन, यसलाई मैले पूरै राष्ट्रको यात्राका रूपमा निर्माण गर्ने छु। यद्यपि मैले पात्रको के भनेर बोलाउन भन्ने निश्चय गर्न चाहन्थेँ।’ उनले अगाडि थपे, ‘फेरि मैले बिचार गरेँ। मैले सोचेँ राम नाम मायथोलोजीका हिसाबले पनि एकदमै राम्रो ...