Wednesday, February 21

Tag: ओमिक्रोन भेरियन्ट

ओमिक्रोन भेरियन्टलाई पाँच सवाल-जवाफबाट बुझ्नुहोस्
शिक्षा

ओमिक्रोन भेरियन्टलाई पाँच सवाल-जवाफबाट बुझ्नुहोस्

१. ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो ? ओमिक्रोन भेरियन्ट #COVID19 को सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ । २. के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक छ ? यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह्वातै बढेको छ । तर, यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र यस बारे थप अध्ययन भइरहेको छ । ३. के कोभिड-१९ विरुद्धका खोपहरू ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छन् ? ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ । हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन । ४. पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई ओमिक्रोन भेरियन्टको सं...
संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे
जीवनशैली

संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे

ओमिक्रोन निकै बढेको छ | यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ | सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीव्र भए पनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ | यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ | रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला | जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन | परीक्षण गरेपछि रिपोर्टअनुसार उपचार हुन्छ | ओमिक्रोन घाँटीमा रहने, त्यही रेप्लिकेसन हुने तथा त्यहीँ नष्ट हुने प्रजाति हो | न्यून रूपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ | लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ | संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो | सरकारसँग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडा-वडामा निःशुल्क पिसिआर टेस्ट हुन्थ्यो | निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो | यति ठूल...
ओमिक्रोन संक्रमण ​: नमुना संकलन नाकबाट गर्ने कि मुखबाट ?
प्रमुख समाचार

ओमिक्रोन संक्रमण ​: नमुना संकलन नाकबाट गर्ने कि मुखबाट ?

कोरोना भाइरसको परीक्षणका लागि नाकबाट भन्दा मुखबाट नमुना लिँदा राम्रो नतिजा आउने अनुसन्धानबाट पत्ता लागेको छ । यसो गर्दा भाइरस पनि चाँडै पत्ता लगाउन सकिने अनुसन्धानबाट खुलेको हो । युनिभर्सिटी अफ मेरिल्याण्डका अनुसन्धानकर्ता डा. डोनाल्ड मिल्टनले गरेका केही अनुसन्धानका आधारमा यस्तो दाबी गरिएको हो । कोरोना भाइरस सबैभन्दा पहिले मुख र घाँटीमा देखा पर्ने उनको भनाइ छ । डा. मिल्टन र उनको टिमले कोरोना परीक्षणका लागि उपयुक्त विधि पत्ता लगाउनका लागि यो अनुसन्धान गरेका थिए । अनुसन्धानका लागि लक्षण देखिनुअघि नै कोरोना संक्रमितको नाक र मुखबाट नमुना लिइएको थियो । ल्याब परीक्षणका क्रममा नाकबाट लिइएको भन्दा मुखबाट लिइएको नमुनामा तीन गुणा बढी भाइरस भेटिएका थिए । साथै, मुखबाट लिइएको नमुनाले धेरै कोरोना पोजिटिभ नतिजा दिएको थियो अर्थात् नाकबाट लिएका नमुनाको तुलनामा १२ गुणा भाइरस भेटिएको थियो । डा. रोबी सिक्...
लक्षण नदेखिएका ओमिक्रोन संक्रमितबाट कोरोना सर्छ कि सर्दैन ?
जीवनशैली

लक्षण नदेखिएका ओमिक्रोन संक्रमितबाट कोरोना सर्छ कि सर्दैन ?

दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ। यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्काेमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ। ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ। एचआइभी एड्स संक्रमितमा मोडर्ना खोपको प्रभावकारिता अध्ययन गर्न दक्षिण अफ्रिकाको उवन्तु प्रान्तमा २३० जनामा गरिएको एक परीक्षणमा ३१ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको थियो। ‘ओमिक्रोन कालखण्डअघि १ देखि २.४ प्रतिशत पोजिटिभिटी दर देखिएकोमा उवन्तुको अध्ययनले त्यसभन्दा फरक नतिजा देखाएको छ,’ अनुसन्धानकर्ताले एक वक्तव्यमा भनेका छन्। यसैगरी जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता अध्ययन गर्न सि...
ओमिक्रोन संक्रमण : प्रोटिनयुक्त खानेकुरा खान किन जरुरी छ ?
जीवनशैली, शिक्षा, समाज

ओमिक्रोन संक्रमण : प्रोटिनयुक्त खानेकुरा खान किन जरुरी छ ?

विश्वका अधिकांश देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा बढिरहेको छ । कोरोना संक्रमणका कारण हाम्रो शरीरमा प्रोटिनको मात्र कम हुन जान्छ । जसका कारण हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन जान्छ । यस्तो अवस्थामा संक्रमणले हाम्रो शरीरलाई शिथिल बनाउन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाबाट बच्न र कोरोना संक्रमणबाट छिट्टै निको हुन आफ्नो आहारमा प्रोटिन समावेश गर्नु निकै जरुरी छ । शरीरमा प्रोटिनको भूमिका प्रोटिन हाम्रो शरीरका लागि महत्त्वपूर्ण माइक्रोन्युटेसन हो । यसले हाम्रो कोशिकाहरू मर्मत गर्न र नयाँ कोशिकाहरू बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । शरीरमा प्रोटिनको कमीले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रत्यक्ष असर गर्छ । अर्थात् प्रोटिन कम भए इम्युनिटी कम हुन्छ, प्रोटिन बढी भए इम्युनिटी पनि बढी हुन्छ । प्रोटिनको आवश्यकता कोरोना संक्रमणले पहिल्यैदेखि गम्भीर रोगबाट ग्रसित व्यक्तिमा बहु...
ओमिक्रोन संक्रमणबाट बच्न हामी के गर्ने सक्छौं ?
जीवनशैली

ओमिक्रोन संक्रमणबाट बच्न हामी के गर्ने सक्छौं ?

नेपालमा पनि ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मानिसहरूमा ओमिक्रोन संक्रमणको त्रास पनि बढेको छ । त्यस्तै, नेपालमा अहिलेसम्म २७ जनामा ओमिक्रोन संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यस्तोमा अब हामी कसरी यो संक्रमणबाट बच्ने भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । ओमिक्रोनबाट बच्न पनि यसअघि जस्तै भ्याक्सिन, मास्क, दूरी कायम राख्ने र भेन्टिलेसन बस्नुबाहेक अरू उपाय नभएको विज्ञ बताउँछन् । यी स्वास्थ्य मापदण्ड अपनाउँदा भाइरससँगको सम्पर्क कम भई यसको फैलावट कम हुने चिकित्सकहरू बताउँछन् । धेरैभन्दा धेरै मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनाले पनि भाइरसको नयाँ उत्परिवर्तनको अवसरलाई सीमित गर्न सकिन्छ । यद्यपि, डेल्टा भेरियन्ट पछि आउने 'भेरिएन्ट अफ कन्सर्न' भेरियन्टले हाम्रो जीवनलाई अझै असहज बनाउने भन्ने हामीलाई लागेको थियो । तर, ओ...
ओमिक्रोन संक्रमितलाई बुस्टर डोज कत्तिको लाभदायक छ?
स्वास्थ्य

ओमिक्रोन संक्रमितलाई बुस्टर डोज कत्तिको लाभदायक छ?

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले तत्काल चलन चल्तीमा रहेका खोपहरूको प्रभावलाई कम गरेको आशंकापछि बुस्टर डोज लगाउने माग भइरहेको छ । विश्वका धेरै देशहरूले बुस्टर डोज दिन थालेका छन् । नेपालमा पति अग्रपंक्तिमा खटिने र ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई तेस्रो डोज दिने तयारी भइरहेको छ । तर, धेरै विज्ञहरूले कोरोनाको हरेक नयाँ भेरियन्टका लागि छ/छ महिनामा बुस्टर डोज दिन सम्भव नभएको बताएका छन् । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हरेक चारदेखि छ महिनामा सम्पूर्ण विश्वलाई खोप लगाउन नसकिने बताउँछन् । उनीहरूको भनाइमा यो न दीर्घकालीन छ न किफायती । अनुसन्धानकर्ताहरूले सबैलाई बुस्टर डोज दिनुको सट्टा संवेदनशील मानिसलाई मात्र दिनुपर्ने सुझाव दिन्छन् । अमेरिकी विज्ञ डा. एडवर्ड रायन भन्छन्, ‘जबसम्म हामीले मानिसलाई बुस्टर डोज दिन्छौं, त्योभन्दा अगाडि नै ओमिक्रोनको प्रकोप समाप्त भइसकेको हुन्छ ।'...
ओमिक्रोन : संक्रमणबाट छिट्टै निको हुन अपनाउनुहोस् ५ टिप्स
जीवनशैली, शिक्षा

ओमिक्रोन : संक्रमणबाट छिट्टै निको हुन अपनाउनुहोस् ५ टिप्स

ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोनाका संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । ओमिक्रोम भेरियन्ट निकै संक्रामक रहेको डब्लुएचओले पनि जनाएको छ । उसले संक्रमणको अर्को सुनामी आउन सक्ने भन्दै सचेत गराएको छ ।  यस्तो अवस्थामा कोरोनाबाट छिट्टै निको हुने उपायबारे हामी सबै सोच्नै पर्छ । साथै, भविष्यमा लामो समयसम्म रहिरहन सक्ने कोभिडको जोखिम कम गर्न यी ५ टिप्सहरू पालना गर्नु महत्त्वपूर्ण छ । शरीरलाई हाइड्रेटेड राख्नुहोस् कोरोनाबाट छिट्टै निको हुन चाहनुहुन्छ भने पर्याप्त पानी पिउनुपर्छ । अस्ट्रेलियाका वैज्ञानिक रोबर्ट बोए भन्छन् कि हाइड्रेटेड रहँदा शरीरलाई कोरोनाबाट निको हुन मद्दत गर्छ । जसले गर्दा शरीरको काम ठीकसँग हुन्छ । आराम गर्नुहोस् कुनै पनि रोगबाट मुक्त आवश्यक हुन्छ उचित आराम । कोरोनापछि शरीरलाई अधिकतम आराम दिन चिकित्सकले सुझाव दिएका छन् । त्यसैले यो सल्लाहलाई बेवास्ता नगर्नुहोस् । य...
ओमिक्रोन भेरियन्टका लक्षणहरू के-के हुन् ?
शिक्षा

ओमिक्रोन भेरियन्टका लक्षणहरू के-के हुन् ?

इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस)का अनुसार अझै पनि सामान्य कोरोना लक्षणहरूबारे सतर्क रहनु आवश्यक छ । लगातारको खोकी उच्च ज्वरो गन्ध र स्वाद थाहा नहुनु तर, केही व्यक्तिहरूको लागि कोरोनाका कारण टाउको दुखाइ, घाँटी दुखाइ र नाक बग्ने जस्ता लक्षणका साथै 'चिसो-चिसो' महसुस हुने लक्षण देखिन सक्छ । ओमिक्रोन संक्रमण हुँदा अहिलेसम्म भेटिएका मुख्य पाँच लक्षणहरू पातलो सिगान आउने टाउको दुख्ने थकान महसुस (हल्का वा गम्भीर) हाच्छिउँ आउने घाँटी दुख्ने यदि तपाईलाई कोविड छ जस्तो लाग्छ भने तपाईले तुरुन्तै परीक्षण गराउनुपर्छ । कतिपय मानिसहरू आफैँलाई धेरै बिरामी महसुस नगर्न सक्छन्, तर तिनीहरूले अरूलाई जोखिममा पार्न सक्छन् ।...
कोरोनाको तेस्रो लहरको खतरा कम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार, समाचार

कोरोनाको तेस्रो लहरको खतरा कम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए । यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस संक्रमण आज एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा संक्रमणको तेस्रो लहर फैलिसकेको छ । तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । उनले सीमामा तेस्रो लहर...