Saturday, April 20

Tag: ओखर

बालकदेखि वृद्धसम्मलाई लाभ दायक ओखरका छक्क पार्ने यी गुण
जीवनशैली, स्वास्थ्य

बालकदेखि वृद्धसम्मलाई लाभ दायक ओखरका छक्क पार्ने यी गुण

ओखरमा सामान्यतः दुई प्रजाति पाइन्छ । जङ्गली र कृषिजन्य ओखर । जङ्गली ओखर १०० देखि २०० फिटसम्म अग्लो हुन्छ । यो जङ्गलमा प्राकृतिक रूपमा आफैँ उम्रिन्छ र यसको फलको बोक्रा साह्रो हुन्छ । कृषिजन्य ओखरको बोट भने ४० देखि ९० फिटसम्म अग्लो हुन्छ । यसको अङ्ग्रेजी नाम वाल्नट र वैज्ञानिक नाम जेगलस रेगिया, संस्कृतमा अक्षोट, अक्षोड, अखिमा जौज र नेपालीमा ओखर भनिए पनि स्थान र प्रदेशअनुसार विभिन्न नाम छन् । यसको रूख निकै सुन्दर, मखमली पात, पातको सङ्ख्या पाँचदेखि १३ र तीनदेखि आठ इन्चसम्म लामो, दुई देखि चार इन्च चौडा, अण्डाकारका हुन्छन् । बाहिर निकै कडा हुने यसको भित्री भागमा खानयोग्य पोषिलो फल सुरक्षित रहन्छ । ओखरमा बढी मात्रामा तेल पाइन्छ । ओखर वसन्त ऋतुमा फुल्ने र शरद ऋतुमा यसको फल तयार हुन्छ । यसको तेलमा जुगलैडिक एसिड तथा रेजिनका अतिरिक्त फलमा आकजैलिक एसिड पनि पाइन्छ । यपजबच ओखर शरीरको सौन्दर्यका लागि निक...