Thursday, April 18

Tag: एसइई परीक्षा

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने
समाचार

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने

काठमाडौं । परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ । गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पूरक परीक्षाको मर्म नै बढीमा दुई विषयसम्म पुनः परीक्षा दिन पाउने बताए । उनले भने, “त्यसैअनुरूप सूचना प्रकाशित गरेका थियौँ । ...
एसइईको नतिजा आउन ढिलाइ हुने
समाचार

एसइईको नतिजा आउन ढिलाइ हुने

काठमाडौं : यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कसले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुंगै लागेको छैन । २६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिए । उनले भने, 'कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ?' कतिपय जिल्लामा उत्तरपुस्तिका बुझ्ने कर्मचारी नै छैनन् । समायोजनमा परेका कर्मचारी संघ र स्थानीयमा जान थालिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइइ अवधीभर कुनै पनि जिल्ला शिक्षा समन्वय कार्...
प्रदेश २ मा रद्द भएको एसइई परीक्षा चैत २२ देखि
प्रविधि

प्रदेश २ मा रद्द भएको एसइई परीक्षा चैत २२ देखि

भक्तपुर । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश-२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज (चैत्र १८ गते) बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए । लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए । अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उनले जानकारी दिए । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ । प्रदेश २ मा एसइई अन्तर्गतका अनिवार्य विज्ञान, सामाजिक विषयका प्रश्नपत्र एकपछि अर्...
प्रदेश २ को एसइई परीक्षा स्थगित : मन्त्री पोखरेल
प्रमुख समाचार, प्रविधि, समाचार

प्रदेश २ को एसइई परीक्षा स्थगित : मन्त्री पोखरेल

काठमाडौं : शिक्षा मन्त्रालयले ढाकेको अकास्मिक बैठकले प्रदेश २ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) का सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि शुक्रबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रदेश २ का २६२ परीक्षा केन्द्रको एसइई अन्तर्गतको चैत १४ देखि २१ गतेसम्म तय भएका सबै विषयका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। आइतबारदेखि एसइई परीक्षा सुरु भएको थियो। प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु पहिले आइतबार अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली र बुधबार गणित विषयको परीक्षा भएको थियो। यी तीन विषयको परीक्षा भने दिनुपर्ने छैन। गत चैत्र १४ र १५ गते प्रदेश दुईमा क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा दिनुअघि नै सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मन्त्री पोखरेल अध्यक्ष रहेको माध्यामिक शिक्षा परीक्षा संचालन तथा व्यवस्थापन उच्चस्तरीय सुरक्ष...
प्रमुख समाचार

बाहिरिएको प्रश्नपत्र अघिल्लो वर्षको भएको पुष्टि, भोलिको परीक्षा नियमित

काठमाडौं : प्रदेश सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत प्रदेश २ मा अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र बाहिरिएको भन्ने विषय हल्ला मात्रै रहेको बताएको छ। प्रश्नपत्र बाहिरिएको भन्ने हल्ला चलेपछि प्रदेश सरकारले छानबिन गरी बाहिरिएको प्रश्नपत्र अघिल्लो वर्षको भएको पुष्टि गरेको हो। शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले बाहिरिएको भनेको अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र अघिल्लो वर्षको रहेको बताए। उनले उक्त प्रश्नपत्र अघिल्लो वर्षको पुष्टि भएकाले शनिबारको परीक्षा नियमित हुने उनले बताए। 'हामीले अनुसन्धान गर्‍यौँ, अहिले बाहिर आएको रातो प्रश्नपत्र पुरानो हो भन्ने पुष्टि भयो। भोलिको परीक्षा अहिलेसम्मलाई नियमित हुने तालिका छ। राति केही नभए परीक्षा नियमित हुन्छ' उनले भने। बिहीबार र शुक्रब...