Tuesday, July 16

Tag: एलिसन म्याक

महिलाहरूलाई ब्ल्याकमेल गरेर यौन दासी बनाउने यी नायिका !
रोचक

महिलाहरूलाई ब्ल्याकमेल गरेर यौन दासी बनाउने यी नायिका !

 एजेन्सी । एक चर्चित अमेरिकी नायिकाले महिलालाई ब्ल्याकमेल गरेर यौन दासी बनाएको कुरा अदालतसामू मंगलबार स्वीकारेकी छिन् । यौन दासी बनाएको आरोपमा ३६ वर्षीया नायिका एलिसन म्याक न्यूयोर्कको एक अदालतमा सोमबार पेश भएकी थिइन् । NXIVM नामको एक संस्था आफूलाई ‘सेल्फ हेल्प ग्रुप’ भएको दाबी गर्छ र यसै संस्थासँग मिलेर महिलालाई ब्ल्याकमेल गरेको उनीमाथि आरोप लागेको छ । NXIVM संस्था नीजि एवं व्यवसायिक उत्थानका लागि सेमिनार र कक्षाको आयोजना गर्ने गर्छ । एलिसन म्याकले जबर्जस्ती पैसा असुल गरेको र जबर्जस्ती काम गरेको आरोप पनि स्विकारेकी छिन् । NXIVM संस्थामा नै डिओएस नामको शेडी ग्रुप बनाएको थियो । अभियोजन पक्षका वकिलका अनुसार महिलालाई भोका राखिन्थ्यो र उनलाई सेक्सका लागि तयार गरिन्थ्यो । नायिका एलिसन म्याकले डिओएसको हिस्सा भएको पनि स्विकार गरिन् । उनले महिलालाई बन्धक बनाएर राख्थिन् र सेवा दिन बाध्य बनाउँथिन् ।...