Friday, February 23

Tag: एटिम

एटिएमले पैसा दिएन भने के गर्ने ?
प्रमुख समाचार, शिक्षा

एटिएमले पैसा दिएन भने के गर्ने ?

एटिएम यतिखेर मानिसका लागि सामान्य जस्तै बनेको छ । पर्समा पैसा बोकेर हिँड्ने भन्दा पनि जहाँ पनि एटिमएम भेटिइहाल्छ, त्यहीँबाट पैसा निकालुँला । र, खर्च गरुँला भन्ने आम मानिसको चाहना र सोच बनिसकेको छ । तर कहिलेकाहीँ एटिएमले सहज रुपमा पैसा नदिने अवस्था पनि आउँछ । जब तपाईले एटिएम कार्ड एटिएम मेशिनमा राख्नु हुन्छ, तब पैसा भने नदिने । तर तपाईको खातामा भने पैसा काटिने जस्ता समस्या नभोग्ने मानिस सायदै होलान् । धेरै जसोले यस्तो समस्या भोगेका छन् । उनीहरुले समयमा नै बैंक तथा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क नगर्दा पैसा हराउने सम्भावना बढी रहन्छ । संसारभर नै एटिएमको यस्तै खराबी रहेको छ । नेपालमा त झन् एटिएम सेवाभन्दा पनि समस्याको रुपमा देखिएको छ । केही बैंकका एटिएम बाहेक धेरै जसो बैंकका एटिएमले समयमा पैसा नदिने र ग्राहकलाई दुःख र हैरानी मात्रै दिने गरेको पाइन्छ । धेरै जसो नागरिक भने एटिएमले पैसा दि...