Sunday, July 21

Tag: उद्योग

महिलाका नाममा उद्योग दर्ता गरे ३५ प्रतिशत छुट
समाचार

महिलाका नाममा उद्योग दर्ता गरे ३५ प्रतिशत छुट

महिलाका नाममा उद्योग दर्ता गर्दा छुट दिइने भएको छ । महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गर्दा लाग्ने दस्तु र शुल्कमा ३५ प्रतिशत छुट हुनेछ । साथै उद्योगलाई व्यवस्थित गर्न र रुग्ण उद्योग संरक्षण गर्न विभिन्न योजना ल्याउन लागिएको सरकारले जनाएको छ । यस्तै दर्ता नगरी उद्योग सञ्चालन गरे तत्काल बन्दसहित होइन जरीवाना हुने भएको छ । संघीय संसद सचिवालयमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा उक्त कुरा उल्लेख छ । उक्त विधेयक दर्ता भएकाले उही वैशाखबाट सुरु हुने संघीय संसदको अधिवेशनमा पेश भई पारित गर्ने बताइएको छ । उक्त विधेयकमा उद्योगी व्यवसायीलाई आयकर, भन्सार महसुलमा छुट, लघु उद्यमी तथा महिला उद्यमीलाई विभिन्न छुट सुबिधा, उद्योग स्थापना गर्न जग्गा प्राप्तिमा सहजीकरण लगायतका अन्य छुट, सुविधा र सहुलियत दिने व्यवस्था गरिएको छ । उक्...