Sunday, July 21

Tag: उजुरी

ज्याला नदिएर ठेकेदार फरार भएपछि प्रशासनमा उजुरी
समाचार

ज्याला नदिएर ठेकेदार फरार भएपछि प्रशासनमा उजुरी

बाजुरा : काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लाका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार रहेको कामदारको गुनासो छ । जिल्लीको त्रिवेणी नगरपालिका छतारा बस्ने हर्कबहादुर शाह आधा काम गराएर सम्पर्क बाहिर रहेका छन् । काम गरेको दुई वर्ष बितिसक्दा पनि ज्याला नदिएको स्थानीय डबल विकले जानकारी दिए । स्थानीय ५० जना बढी कामदारले ज्याला नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्तडीमा उजुरी दिएका छन् । प्रतिजाली रु तीन हजारका दरले सहमतिका आधारमा २५३ जाली भर्न लगाएको कामदारले बताउने गरेका छन् । रु एक करोडको लागतमा बस्ती संरक्षणका लागि जाली भर्ने जिम्मा लिए पनि काम पूरा हुन सकेको छैन । ठेकेदार हर्कबहादुरले पुरानै कामको ज्याला नदिएर बीचमै छोडेर सम्पर्कविहीन बनेका छन् । विसं २०७३ मा सम...