Sunday, July 21

Tag: इ-चुरोट

स्वास्थ्य जोखिम बढेपछि अमेरिकाले लगायो इ-चुरोट उत्पादनमा प्रतिबन्ध   
विश्व

स्वास्थ्य जोखिम बढेपछि अमेरिकाले लगायो इ-चुरोट उत्पादनमा प्रतिबन्ध   

इसाम अहमद     वासिंटन : संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। खासगरी किशोरहरूबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरूले देखाएका छन्। सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ। पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ। ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए।  “हामी दुबैले ती किशोरको व्यथा पढेका छौं,” उनले भने “हामीजस्तै धेरै मानिसल...