Wednesday, February 21

Tag: इ–कमर्स

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजीनामा
विश्व

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजीनामा

बेइजिङ : विश्वकै सर्वाधिक ठूलो इ–कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन्। अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजीनामा दिएका हुन्। चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ। चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका थिए। उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए। उनी अलिबाबा पार्टनरसिपको सदस्यका रूपमा भने कम्पनीमा रहनेछन्। ३६ जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्दछ। विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गरेका थिए। शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व...