Friday, February 23

Tag: इल उल-फित्र

ईद उल-फित्रको दिन सार्वजनिक बिदा
समाचार

ईद उल-फित्रको दिन सार्वजनिक बिदा

काठमाडौं : सरकारले मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईद उल-फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईद उल-फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताए। मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ। यस वर्ष आगामी जेठ २३ गते इद उल-फित्र पर्दछ। त्यसैगरी, सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ। मन्त्री बास्कोटाले मन्त्रिपरिषद् बैठकले कोषका सदस्य सचिव ढकाललाई बर्खास्त गर्ने निर्णय गरिएको बताए।...