Wednesday, February 21

Tag: इयु

तीन पटक ‘रिजेक्टेड’ ब्रेक्जिटमा नयाँ सहमतिको खोजी
विश्व

तीन पटक ‘रिजेक्टेड’ ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

लन्डन : बेलायती संसद ‘हाउस अफ कमन्स’मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ । बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याउनु भएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली यूनियनबीचको सम्बन्धमा तनाबको अवस्था सिर्जना भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कमको मात्र समय छ । यही वस्तुतथ्यलाई मनन गरी सांसदहरू वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् । बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर, ब्रेक्जिट प्रक्रियामा सांसदबीच मतैक्य हुन सकेको छैन । बेलायती संसद र जनता नै अहिले पनि इयुबाट बेलायत बाहिरिनु प...