Wednesday, February 21

Tag: आयुर्वेद

आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’   
स्वास्थ्य

आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’   

दीपक बोहरा     कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा रामकामेश्वर ठाकुरले बताउनुभयो । ‘‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’’ उहाँले भन्नुभयो, “तर नयाँ सेवा शुरु गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।” अहिले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा थप गर्नुका साथै विगतका सेवालाई पनि प्रभावकारी बनाएपछि सेवाग्राही बढेको उहाँको भनाइ छ । अहिले डोल्पा, सल्यान, रुकुम, रोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्जलगायतबाट पनि उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । ‘‘सेवा प्रभावकारी भए बिरामी आउँछन्’’ उहाँले भन्नुभयो, “हामीले बिराम...