Thursday, April 18

Tag: आचारसंहित

निर्वाचन आचारसंहिता लागू, उल्लंघन भए कारबाही
प्रमुख समाचार

निर्वाचन आचारसंहिता लागू, उल्लंघन भए कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७८ र निर्वाचनसम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको हो । निर्वाचनलाई स्वच्छ स्वतन्त्र, निष्पक्ष बनाउनका लागि सबै राजनीतिक दल, सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निवाचन आचारसंहित २०७८ आज रातिदेखि लागू हुने आयोगका प्रवक्ता शालिग्राम पौडेलले एक विज्ञप्तिमार्फत जनाएका छन् । आचारसंहिता, २०७८ राजपत्रमा प्रकाशित भइसकेको उनले जनाएका छन् । आचारसंहित लागू भएसँगै चुनावको नतिजालाई प्रतिफल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, कुनै विद्यतीय सामग्री उत्पादन गर्ने तथा सामाजिक सञ्‍जाल वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने साथै सामाजिक सञ्जालमा गलत अकाउण्ट सञ्चालन गर्न वा गराउन पाइने छैन । त्यसैगरी...