Wednesday, February 21

Tag: आँखाको सुरक्षा

बालबालिकाका आँखामा देखापर्ने समस्या
प्रमुख समाचार

बालबालिकाका आँखामा देखापर्ने समस्या

बालबालिकामा आँखाका समस्याहरू हुनसक्छन् । ती समस्याबारे अभिभावकले समयमै ख्याल नगरे बालबालिकाले आँखाको ज्योति नै गुमाउन पनि सक्छन् । त्यसैले बालबालिकाको आँखामा समस्या देखा परेमा ती समस्याबारे जानकारी र समाधानका उपायबारे थाहा पाउनु आवश्यक छ । आँखाको समस्या र समाधानबारे जानकारी पाउनको लागि पढ्नुहोस् केही उपाय जन्मजात आँखा पाक्ने कहिलेकाहीं बालबालिका जन्मने बित्तिकै पनि आँखा पाक्ने रोग लागेर आँखाको ढकनी सुन्निने र आँखामा बाक्लो कचेराले भरिने गर्दछ। यस्तो अवस्थामा तुरुन्तै उपचार गरिएन भने आँखाको कालो नानीमा फुलो परि अन्धो बनाइदिन्छ । यदि बच्चाको बाबु-आमालाई यौन रोग लागेको छ भने पनि बच्चा जन्मिदा बित्तिकै पनि यस्तो समस्या देखिन सक्छ । तसर्थ बच्चाको आँखाको उपचारका साथै बाबु-आमाले पनि यौन रोगको उपचार गर्न बिर्सनु हुँदैन । रतन्धो रतन्धो पनि एक किसिमको बालबालिकामा देखिने समस्या हो । रतन्धोको कारणले आ...