Saturday, April 20

Tag: अस्पताल

पर्वत अस्पतालमा जनशक्ति अभाव, उपचारमा समस्या
स्वास्थ्य

पर्वत अस्पतालमा जनशक्ति अभाव, उपचारमा समस्या

पर्वत : पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ । समिति भन्छ, “थाइराइड परीक्षण, रगतको जाँच चौबीसैँ घण्टा इमर्जेन्सी सेवा विस्तार गरेका छौँ ।” १५ श्यया क्षमताको अस्पतालमा यस्ता सेवा शुरु हुनुलाई असाधारण सेवा प्रदान गरिएको समितिको भनाइ हो तर, यी सेवा अस्पताल आउने बिरामीका लागि सहज छैन । २०४६ सालमा १५ श्यया क्षमताको स्वीकृति पाएर सञ्चालनमा आएको अस्पतालमा हाल ३५ श्ययासम्मको सुविधा दिइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । श्ययाको क्षमता बढाएपछि सोहीअनुरुप बिरामीको चाप बढे पनि जनशक्ति नबढ्दा सेवा सहज नभएको उनले बताए । “एउटा सेवा दिन कम्तीमा एकै प्रकारका तीन जना जनशक्ति आवश्यक हुन्छ”, उनले भने, “हामीले हरेक सेवा एक–एक जनाको...
अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै
शिक्षा

अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

उमा केसी रोल्पा । रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन । आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने ठाउँमा बसोबास गरे पनि दयनीय जीवन यापन गर्न बाध्य छन् । जिल्ला अस्पताल नजिकै घर भए पनि रोग लाग्दासमेत अस्पतालसम्म पुर्‍याउने न कुनै सहारा छ, न त अस्पतालको उपचारका लागि चाहिने पैसा नै । उनीहरू हातको संकेतबाट मात्र कुरा गर्छन् । घरमा खाना नभएका कारण कैयौँ रात भोकभोकै सुत्न बाध्य हुन्छन् । जाडो होस् या गर्मी एकसरो कपडामा रहन्छन् उनीहरू । सुत्नका लागि ओढ्ने ओछ्याउने कपडा नहुँदा उनीहर...