Saturday, April 20

Tag: अल्लु अर्जुन

अल्लु अर्जुनको ‘पुष्पा’ले कमायो ३०० करोड
मनाेरञ्जन

अल्लु अर्जुनको ‘पुष्पा’ले कमायो ३०० करोड

साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ले बक्स अफिसमा ३०० करोडको आँकडा पार गरेको छ । यो फिल्ममार्फत अल्लुले साउथमा मात्र नभई हिन्दी दर्शकमा पनि आफ्नो पकड बनाएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि अन्य ठूला चलचित्रको रिलिज रोकिएको छ । यसबाट यो फिल्मलाई फाइदा भएको छ । फिल्मले हिन्दी बक्स अफिसमा पनि कुल ६२.९४ करोड कमाएको ट्रेड विश्लेषक तरण आदर्शले बताए । यो फिल्मको हिन्दी संस्करणले पहिलो साता १२.६८ करोड कमाएको थियो भने भोलिपल्ट फिल्मले १५ करोड कमाएर अहिले यो आँकडा ६० करोड नाघेको छ । तरण आदर्शका अनुसार फिल्मले छिट्टै ७५ करोडको आँकडा पार गर्न सक्छ ।   #Pushpa stands tall, despite so many odds… Is UNSHAKABLE and UNAFFECTED, especially in *mass pockets*… Weekend 3 [₹ 15.85 cr] is HIGHER than Weekend 1 [₹ 12.68 cr] and Weekend 2 [₹ 10.31 cr]… [Week 3] Fri 3.50 cr, Sat 6.10 cr, Sun 6....