Friday, February 23

Tag: अल्बर्ट आइनस्टाइन

प्रेरक प्रसंग : अल्बट आइनस्टाइनको सफलताको सूत्र
रोचक

प्रेरक प्रसंग : अल्बट आइनस्टाइनको सफलताको सूत्र

महान् वैज्ञानिक अल्बर्ट आइनस्टाइन आफ्ना साधारणदेखि महत्वपूर्ण कुनै पनि काममा अत्यन्त गम्भीरतापूर्वक खटिन्थे र सफलता प्राप्त नगरुन्जेल त्यसबाट विश्राम लिँदैनथे । एकपटक आइनस्टाइन एउटा शोधपत्र लेख्दै थिए । केही समयको अथक मिहिनेतपछि उनले त्यसलाई पूर्णता दिए । शोत्रपत्रको पूर्णतापछि उनले जब त्यसलाई च्याप्न पेपर क्लिप खोजे, कतै भेटेनन् । उनले सम्भाव्य सबै ठाउँमा खोजे, तर कतै पनि पेपर क्लिप भेटेनन् । तैपनि, निराश नभई उनले खोजी कार्य जारी राखे । खोज्दै जाँदा उनले कोठाको कुनामा बिग्रेर फालिएको एउटा थोत्रो क्लिप भेटे । कागज च्याप्न नमिल्ने गरी बिग्रेको पेपर क्लिप भेटेपछि आइनस्टाइन खुसी भए । उनी सोही क्लिप बनाउन लागिपरे । उनी पेपर क्लिप मर्मतमा जुटिरहेकै समयमा उनका सहयोगी आइपुगे । आइनस्टाइन एउटा बिग्रेको सामान्य क्लिप मर्मतमा दत्तचित्त भई लागेको देख्दा उनी छक्क परे । कोठाको एउटा कुनामा राखिएको दराजबा...