Sunday, September 8

Tag: अमेरिकी डलर

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?
प्रमुख समाचार, विश्व

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?

केभिन ट्रबलेट लन्डन : बैंक अफ इंग्ल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन्। कार्नीले हालै केन्द्रीय बैंकरहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझाव दिएका हुन्। यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदैछ र कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोण के हो भन्नेबारे संक्षिप्त आंकलन गरिएको छ । कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोणलाई विश्वका प्रमुख केन्द्रीय बैंकहरूले समर्थन गर्ने विश्वास गरिएको छ । डलरको वर्चस्व किन ? सन् १९४४ को ब्रेटन वुड्स सम्झौतापछि अमेरिकी डलरलाई विश्वकै सन्दर्भ मुद्राका रुपमा लिँइदै आएको छ, र त्यतिबेला विभिन्न प्रमुख एकाईहरुलाई हरियो नोटसँग सामान्जस्य बनाइएको थियो । त्यसयता, संयुक्तराज्य अमेरिकाक...