Saturday, April 20

Tag: अमेजन

अमेजन जंगलमा डढेलोको रौद्र रूप, विश्व समुदायको खिच्यो ध्यान
विश्व

अमेजन जंगलमा डढेलोको रौद्र रूप, विश्व समुदायको खिच्यो ध्यान

नियन्त्रणका लागि सेना परिचालन कार्लोस फबाल पोर्टो भेल्हो, ब्राजिल, ७ भदौ (रासस-एएफपी) – ब्राजिलको विशाल अमेजन जंगलमा लागेको भीषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ। पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रूपमा परिचित अमेजन जंगलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएका छन्। ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले शुक्रबार अमेजन जंगलको डढेलो नियन्त्रणमा सघाउन सेना परिचालनको आदेश दिएका छन्। विश्वका प्रकृतिप्रेमीले अमेजोनको डढेलो नियन्त्रण गर्न ब्राजिल सरकारले बेवास्ता गरेको भन्दै सजायस्वरूप ब्राजिलसँगको व्यापार रोक्न विश्वसमुदायले ध्यान दिनुपर्ने आवाज उठाएसँगै राष्ट्रपति बोल्सेनारोले यस्तो आदेश दिएका हुन्। ब्राजिलको उत्तरपश्चिमी रोन्डोनिया राज्यको घना जंगलमाथिको आकाशमा बाक्लो धुँवा निरन्तर देखिएको छ। एकजना एएफपी फोटोग्राफरका अनुसार स...