Wednesday, April 17

Tag: अमिताभ बच्चन

अमिताभ बच्चनले २३ करोडमा बचे आफू हुर्केको घर
मनाेरञ्जन

अमिताभ बच्चनले २३ करोडमा बचे आफू हुर्केको घर

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो दिल्लीको घर ‘सोपान’ बेचेका छन् । उनको घर दक्षिण दिल्लीको गुलमोहर पार्कमा थियो । रिपोर्टका अनुसार अमिताभले आफ्नो घर २३ करोडमा बेचेका छन् । यस घरमा अमिताभका दिवंगत आमाबाबु हरिवंश राई बच्चन र तेजी बच्चन बस्थे । रिपोर्टका अनुसार अमिताभ बच्चनको यो घर निजोन ग्रुप अफ कम्पनीजकी सीईओ अवनी बदेरले किनेको हो । अवनीले बच्चन परिवारलाई ३५ वर्षभन्दा बढी समयदेखि चिन्छिन् । उनीहरू पनि उनको घर नजिकै बस्छन् । अमिताभको ४१८.०५ स्क्वायर मिटरको घरको रजिस्ट्री ७ डिसेम्बर २०२१ मा अवनीको नाममा गरिएको थियो । बिग बी मुम्बई सिफ्ट हुनुअघि यो घरमा आफ्ना आमाबुवासँग बस्थे । जसमा उनले आफ्ना आमाबुवासँगका धेरै सम्झना जोडिएका छन् । भनिन्छ, यो बच्चन परिवारको पहिलो घर पनि थियो । हरिवंश राई बच्चनले सन् १९८० सम्म ‘सोपान’मा आफ्नो कविता सत्र सञ्चालन गरेका थिए । यो बंगला अमिताभकी आमा तेजी बच्चनको ...