Sunday, September 8

Tag: अब्दुल्लाह अलमुताइरी

मेरो उपस्थितिले क्लब र खेलाडीलाई दबाब बढ्छ भने टिभीमा खेल हेर्छु : अलमुताइरी
खेलकुद

मेरो उपस्थितिले क्लब र खेलाडीलाई दबाब बढ्छ भने टिभीमा खेल हेर्छु : अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले  फुटबलको विकासका लागि क्लब र लिग प्रतियोगिता महत्त्वपूर्ण भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै उनले यस्तो बताएका हुन् । उनले आफूले खेलाडीलाई सतप्रतिशत नदिनु भनेर कहिल्यै नभनेको पनि बताएका छन् । एउटा खेलाडीले क्लब फुटबलमा सतप्रतिशत दिन सक्दैन भने त्यस्तो खेलाडीले राष्ट्रका लागि पनि सतप्रतिशत दिन नसक्ने उनको भनाइ छ । उनले आफ्नो उपस्थितिले खेलाडीलाई दबाब बढ्ने भए आफूले टेलिभिजनमार्फत खेल हेर्ने पनि उल्लेख गरेका छन् । 'मलाई लाग्छ कि क्लब र लिग फुटबलको विकासको मुख्य कारक हो त्यसैले म कसरी खेलाडीहरूलाई १०० प्रतिशत नदिन आग्रह गर्छु' उनले भनेका छन्, 'यदि लिग खेलहरूमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरूलाई दबाब बढ्छ भने मसँग समाधान छ, म टिभीमा खेलहरू हेर्छु ।'...