Thursday, May 23

Tag: अफगानिस्तान

अफगानिस्तानः शान्तिको आशाबीच तालिबानीको चेतावनी   
विश्व

अफगानिस्तानः शान्तिको आशाबीच तालिबानीको चेतावनी   

सोमनाथ लामिछाने     काठमाडौं : पाँच दशकभन्दा लामो समयदेखि हिंसाको चपेटामा रुमलिएको अफगानिस्तानमा संघर्षरत मुख्य लडाकू समूह तालिबानले फेरि सशस्त्र संघर्षलाई तीव्र बनाउने गत शुक्रबार घोषणा गरेको छ। तालिबानले जारी गरेको पछिल्लो वक्तव्यमा विदेशी फौज अफगानिस्तानमा रहेसम्म सशस्त्र संघर्ष गर्न आफ्ना लडाकूलाई आदेश दिइएको छ। अफगानिस्तानको बाघ्रामस्थित अमेरिकी हवाई अखडामा आत्मघाती बम आक्रमण गरी तीन अमेरिकी सैनिक सहित पाँच जनाको हत्या गरेको एक साता नबित्दै तालिबानले यस्तो वक्तव्य दिएको हो। अफगान शान्ति प्रक्रियाका बारेमा अमेरिकी पहलमा तालिबानसँग प्रत्यक्ष वार्ता भइरहेकै समयमा अमेरिकी सेनामाथि आक्रमण भएको छ। चुनाव भयो, नतिजा आएन     गत वर्ष अक्टोबर २० मा संसदका लागि निर्वाचन भयो। हिंसा, आतंक, त्रास र असुरक्षाबीच ४० लाखभन्दा बढी मतदाताले चुनावमा भाग लिए तर गत वर्ष डिसेम्बरमै घोषणा हुनुपर्ने चुनावी...