Wednesday, February 21

Tag: अन्तिम प्रश्न

भोजराजको कथासंग्रह ‘अन्तिम प्रश्न’ सार्वजनिक
साहित्य

भोजराजको कथासंग्रह ‘अन्तिम प्रश्न’ सार्वजनिक

काठमाडौं : साहित्यकार भोजराज घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । १६ वटा कथा संगृहीत उक्त कृतिमाथि समालोचकद्वय उपप्राध्यापक डा. विन्दु शर्मा र उपप्राध्यापक महेश पौड्यालले टिप्पणी गरेका थिए। पुस्तकमाथि समीक्षा गर्दै समालोचक पौड्यालले घिमिरेका कथामा जीवनबोधी चेतना रहेको उल्लेख गरे। उनले अन्तिम प्रश्नभित्रका कथाले नेपाली समाज, जनजीवन र नेपाली मनोविज्ञान उद्घाटन गरेको बताए। पूर्वमुख्यसचिवसमेत रहेका घिमिरेका कथामा कथाकारका जागिरे जीवनका अनुभूति सूक्ष्म रूपमा आएका उल्लेख गरे। पौड्यालले  विषय विविधता घिमिरेका कथामा रहेको भन्दै सरल र सहज अनि मर्यादित भाषाशैलीको प्रयोग भएको पनि बताए। यसरी नै अर्का समालोचक डा. विन्दु शर्माले अन्तिम प्रश्न कथाकृतिभित्रका कथाले समग्र नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेको बताइन्। डा. शर्माले पात्र चयनमा र परिवे...