Friday, February 23

Tag: अन्तर्राष्ट्रिय विमानस्थल

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्ध
विश्व

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्ध

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्ध भएका छन् संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्ध गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्ध गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ । द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्ध गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्ध गरेको मिडिया आउटलेटले जनाएको छ । आइतबार र क्रिसमसको पूर्वसन्ध्यालगायत विगत १० दिनहरूमा एयरलाइन्सहरूले अमेरिकामा १४ हजारभन्दा बढी उडानहरू रद्ध गरेका छन् फ्लाइटअवेयर तथ्यांकले जानकारी दिएको छ ।...
पोखरा विमानस्थलको धावनमार्ग निर्माण ३ मिहनामै सम्पन्न
समाचार

पोखरा विमानस्थलको धावनमार्ग निर्माण ३ मिहनामै सम्पन्न

काठमाडौं : निर्माण सुरु भएको तीन महिनामै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको धावनमार्गको निर्माण कार्य पूरा भएको छ । दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको उक्त धावनमार्गको बुधबार निर्माण कार्य सकिएको नेपाल नागरिक उड्डययन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदिप अधिकारीले जानकारी दिए । 'निर्माणको काम आज पूरा भएको छ' उनले भने, ‘अब बाँकी निर्माणका काम निरन्तर अघि बढ्छन् ।’ अहिलेसम्म एप्रोन र जहाज पार्किङ स्थल निर्माणको काम पनि पूरा भइसकेको छ । उक्त पार्किङमा तीनओटा ठूला र आठओटा साना जहाज पार्किङ गर्न मिल्नेछ । विमानस्थल निर्माणको जिम्मा पाएको चाइना सीएएनसी इन्जिनियरिङ कन्सल्टेन्सीले धावनमार्ग निर्माण गरेको हो । अन्य विमानस्थल कालोपत्रे गरिने भए पनि यो नेपालमै पहिलोपटक ढलान गरिएको धावनमार्ग हो । तीव्र गतिमा निर्माणको काम अघि बढेको उक्त विमानस्थल...
अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि दैनिक १० घण्टा बन्द
प्रमुख समाचार, समाचार

अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि दैनिक १० घण्टा बन्द

– सिवी अधिकारी     काठमाडौं : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो। धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ। मर्मतको अवधि अर्थात् (१अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ। अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ। राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर...