Thursday, April 18

Tag: अनुप बाँस्‍तोला

‘ओमिक्रोन भेरियन्टबाट आत्तिनुपर्ने अवस्था छैन’
प्रमुख समाचार, स्वास्थ्य

‘ओमिक्रोन भेरियन्टबाट आत्तिनुपर्ने अवस्था छैन’

कुनैपनि भाइरस समुदायमा फैलिँदै जाँदा यसले स्वरुप परिवर्तन गर्छ। र, ती परिवर्तित स्वरुपलाई हामीले नामांकरण गर्छौं । जसरी हामीले कोरोना भाइरस पहिलो मूल भाइरसबाट अहिले रुप परिवर्तन गर्दै अल्फा भेरियन्ट,डेल्टा भेरियन्ट भनेर नामांकरण गर्‍यौं । अहिले पछिल्लो समय दक्षिण अफ्रिकामा नयाँ किसिमको भेरियन्ट पत्ता लाग्यो । यो कारोना भाइरसको एक किसिमको नयाँ भेरियन्ट हो। दक्षिण अफ्रिकामा यो भाइरस देखिएलगत्तै कोरोना भाइरस संक्रमित बिरामीहरुको संख्या बढेर गएको देखिन्छ । युवा पुस्तामा यसले विशेष गरी सामान्य लक्षणहरु देखिन्छ। जस्तै ज्वरो आउने,शरीर दुख्ने, अलिकति सुख्खा खोकी लाग्ने जस्ता लक्षणहरु मात्र देखिएको छ । यो देखियो भन्दैमा आत्ति हाल्नुपर्ने, डराउनुपर्ने स्थिति छैन। यसका दुईवटा कारणहरु छन्, एउटा मुख्य कारण ओमिक्रोन आफैमा कस्तो किसिमको भाइरस हो यसले कस्तो किसिमको जटिलता ल्याउँछ अध्ययनको विषय छ। प्रारम्...