Wednesday, April 17

Tag: अनुगमन

कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन
स्वास्थ्य

कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन

अशोक घिमिरे काठमाडौं : सरकारले आजदेखि वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको अनुगमन शुरु गरेको छ । गत कात्तिक १२ गते नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम समझदारी ९एमओयु० अनुसार कामदारको स्वास्थ्य परीक्षण गर्न निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन शुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले विशेषज्ञ चिकित्सकसहितको टोलीले ती स्वास्थ्य संस्थाले तोकेको मापदण्ड पूरा गरे÷नगरेको अनुगमन गर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका तीन विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चार वटा टोली अनुगमनमा खटिएको छ । चारमध्ये तीन वटा टोली उपत्यका बाहिरका स्वास्थ्य संस्थाको निरीक्षणमा जानेछ भने उपत्यकामा एक टोलीले निरीक्षण गर्नेछ । अनुगमन टोलीले १५ दिनभित्र सूचीकरणका लाग...