Thursday, May 23

Tag: अनलाइन ठगी

गृहको चेतावनीले नियन्त्रित होला त अनलाइन ठगी
समाचार

गृहको चेतावनीले नियन्त्रित होला त अनलाइन ठगी

गृह मन्त्रालयले आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरूपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा गाउँ/समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फष्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य जारी रहेको जनाइएको छ । सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ ।...