Saturday, April 20

Tag: अदालत

यौन सम्पर्कका क्रममा कर्मचारीको ज्यान गएपछि कम्पनीले नै क्षर्तिपूर्ति दिनुपर्ने फैसला
रोचक

यौन सम्पर्कका क्रममा कर्मचारीको ज्यान गएपछि कम्पनीले नै क्षर्तिपूर्ति दिनुपर्ने फैसला

काठमाडौ : रोजगारदाता आफ्नो कर्मचारीको सुरक्षामा कतिसम्म संवेदनशील हुनुपर्छ? फ्रान्सको एक अदालतले बुधबार गरेको एक फैसलाले यतिखेर धेरैको मनमा यो प्रश्न उब्ज्याइदिएको छ। व्यावसायिक भ्रमणमा गएका आफ्ना एक कर्मचारी होटलमा यौन सम्पर्क गर्दागर्दै मृत्यु भएपछि त्यसको जिम्मेवारी कम्पनीले लिनुपर्ने भन्दै अदालतले उनका परिवारलाई कम्पनीले नै क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ। पेरिसस्थित अदालतले ती व्यक्तिको मृत्यु व्यावसायिक काममा जाँदा भएकाले कम्पनीले दायित्व वहन गर्नुपर्ने फैसला गरेको हो। सन् २०१३ मा भएको उक्त घटना अदालतमा पुगेपछि कम्पनीले यसमा आफ्नो जिम्मेवारी हुन नसक्ने दाबी गर्दै आएको थियो। ती कर्मचारीलाई यौन सम्पर्कका लागि नभई व्यसायिक कामका लागि पठाएको हुनाले क्षतिपूर्ति तिर्नुपर्ने प्रश्नै उठ्न नसक्ने कम्पनीको दाबी थियो। तर, अदालतले भने कुनै पनि कर्मचारी व्यावसायिक प्रयोजनका लागि बाहिर जाँद...