Friday, February 23

Author: khabargriha

खबरगृह डट्कम समाचारहरूका विषयमा जानकारी दिने प्रोटल हो।
गोर्खा वारियर : गोर्खा सैनिकको लडाइँको कथा
मनाेरञ्जन

गोर्खा वारियर : गोर्खा सैनिकको लडाइँको कथा

काठमाडौँ– वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । तर, पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पार्नुभएको छ । आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताउनुभयो । “मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा ...
ब्रेकिङ
Name an attraction or town close to home that you still haven't got around to visiting.
मेलम्चीको पानी चाँडै ल्याउन संघर्ष समितिको दबाब
समाचार

मेलम्चीको पानी चाँडै ल्याउन संघर्ष समितिको दबाब

काठमाडौँ– काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले सरकारले उपभोक्ताका धारामा आगामी शुक्रबारसम्म मेलम्चीको पानी आउने व्यवस्था नगरे आन्दोलनलाई सशक्त पार्ने बताएको छ। पटक–पटक सरकारी अधिकारीसँगको छलफलका क्रममा आश्वासन मात्र पाएको तर पानी आउने सुनिश्चितता नभएको भन्दै काठमाडौँ उपत्यकाका बासिन्दाहरूले संघर्ष समिति बनाएर आन्दोलन थालेका छन्। आयोजना शुरूआत भएको २२ वर्षपछि २०७७ चैत १५ मा पहिलो पटक मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएको थियो। सम्भावित बाढीबाट हेडबक्स सुरक्षार्थ भन्दै बन्द गरिएको आयोजना वर्षायाम सकिएको तीन महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।झन्डै ३५ अर्ब रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको आयोजनाबाट पानी नआएपछि काठमाडौँवासीले अर्थमन्त्री डा. प्रकाशशरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई गत मंसिर १२ मा सिंहदरबारमै भेटेर ‘अल्टिमेटम’ दिएका थिए।&n...
पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुन निर्माण गर्न माग
समाचार

पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुन निर्माण गर्न माग

काठमाडौँ - सञ्चार क्षेत्रका विज्ञहरुले नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण गर्नुपर्ने माग गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे, २०२३) का अवसरमा नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया’मा विज्ञहरुले संविधान जारी भएको आठ वर्षसम्म पनि सञ्चारसँग सम्बन्धित कानुन निर्माण हुन नसकेको भन्दै जतिसक्दो चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संविधानमा व्यवस्था भएको प्रेस स्वतन्त्रतासम्बन्धी हकको उपयोगको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य र डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु...
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
प्रमुख समाचार

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो । MonthlyAnnually निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवननलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत लेखी पठाइसकेको छ । यसका लागि आयोगले विशेष अनुगमन टोली खटाएको छ भने निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट सम्बन्धित जिल्लाका जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । टेबलआचारसंहितासोहीटेबल उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदाता...
हल्का हिमपातको सम्भावना
समाज

हल्का हिमपातको सम्भावना

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली तथा तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई उच...
नीतिश्लोक : धर्म
साहित्य

नीतिश्लोक : धर्म

गणेशप्रसाद पँगाली हिन्दू धर्म असंख्य भित्री भण्डार अमूल्य हो नाम।सत र असतलाई छुट्याउन अदृश्य भई गर्दछु काम॥ असत काम गरे दश वर्षपछि हुँदै जान्छ दुर्गति।सत्य काम गरे कृति रहन्छ पुस्तौँ-पुस्ता पछि॥ संसारमा थोरै जल्छ भन्ने आयो मलाई कूमति।बनारस सागर नदीले दिनु भयो सत्यको ज्योति॥ होस् नगरी हिँड्दा साना चिजले लाग्छ ठेस अनि चोट।औषधि उपचारका लागि अनि मात्रै खोज्दछ बाटाको सोच॥ लुकेर झुकेर होइन जुटेर सबै मिली निकालौँ अमृत रस।अन्याय अत्याचारलाई त्यागी धर्मै-धर्मले मरौँ हृदयको पास॥ कुनै फुलेर फलका कुनै वृक्ष छन् पाकेर झुलेका।सत्रु र मित्र छन् सँगै खानलाई मग्न भई मुलेका॥ समाजमा बसी कसैलाई नदेखौँ निचा र उचा।भेदभाव गरी काम गरेर सत्यले बनाउँदछ फुसा॥ धर्म सारै सानो र मसिनो नरम स्थिर छ।अधर्म भन्नु घमण्ड ठूलो छ देखिन्छ समाज पिर्दछ॥ सत र असत छुट्याउन बाहिरी नजरले सक्दैन दिन ज्ञान।...
कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल
जीवनशैली

कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

फुङ्लिङ, १० कात्तिक (रासस): सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गर्नुभएको हो । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताउनुभयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो । कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेसा परिवर्तन गर्ने सोचमा रहेका होटल सञ्चालक पेमा शे...
जीवनशैली

तिहारमा फुल र माला पाउनै मुस्किल

कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना पूmल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना रित्तै फर्किनुभयो ।” चार वर्षअघि १० कठ्ठा जमिनबाट यो पेसा थालेका सीतारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सीतारामजस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिकरुपमा खेती गर्दैआएका छन् । तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएको व्यापारी बताउँछन् । जानकी गाउँपालिका–४ की समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आउनुभयो । मखमली फूलका माला किन्न आएकी धामी माला नपाएपछि रित्तै फर्किनुभयो । “मखमली फूल...
देशकै समृद्धि प्रदेश बन्ने लुम्बिनीको आधार
समाज

देशकै समृद्धि प्रदेश बन्ने लुम्बिनीको आधार

ई. शिव भट्टराई भौगोलिक स्थिति, पुरातात्विक महत्त्व तथा पर्यटकीय क्षेत्र, अन्तर्राष्ट्रिय पहुँच मार्ग मात्रै नभई हालसम्मको पूर्वाधार विकासलाई हेर्ने हो भने लुम्बिनी देशकै समृद्ध प्रदेश बन्ने आधार छन् । तर, अधिकांश सूचकमा यो प्रदेश चौथो र पाँचौ स्थानमा रहेको छ । मुख्यतय कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको यो प्रदेशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी भित्र्याएर उद्योग कलकारखाना खोल्दा प्रतिस्पर्धी क्षमताका साथै बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ । यो विचारमा लुम्बिनी अहिलेको परिदृश्य र भावी अवसरलाई केलाउन खोजेको छु । पृश्ठभूमि लुम्बिनी बर्दघाट पश्चिमको नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, पूर्वी रूकुम, दाङ,  बाँके र बर्दिया गरी १२ जिल्ला समावेश भएको प्रदेश हो । यस प्रदेशमा तराईमा ६ र पहाडमा ६ गरी १२ जिल्ला छन् । यस प्रदेशमा ४ उपमहानगर...