Saturday, April 20

महिला बिच भलिबल : पुलिस र लुम्बिनीबीच उपाधी भिडन्त

विभागीय नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश सञ्जय स्मृति राष्ट्रिय महिलाबीच भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार भएको दुई फरक खेलमा विजयी हुँदै पुलिस र लुम्बिनी फाइनल प्रवेश गरेका हुन् ।

पाल्पाको सदरमुकाम तानसेनस्थित रानीमहलमा भएको दोस्रो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २१–१९, २१–९ ले पराजित गर्‍यो ।

यता, पहिलो सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको पुलिसले उपाधिका लागि शनिबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान १० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading