Thursday, April 18

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

आसन्न स्थानीय तहकाे निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् ।

गठबन्धनले स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमनका लागि समिति नै बनाएर अगाडि बढेको छ । गत मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उक्त समिति गठन गरेको थियो ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading