Thursday, April 18

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले नेता पौडेलेको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएको बताए ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न भारत भ्रमणका विषयमा ‘बिफ्रिङ’ गरेको उनले बताए । गठबन्धनको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै, बैठकमा नेताहरूले प्रधानमन्त्री देउवालाई देशको आर्थिक अवस्थाका बारेमा राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग अन्तरक्रियाको आयोजना गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले भनिन्, ‘देशको आर्थिक अवस्था संकटग्रस्त भएकाले विज्ञहरूलाई राखेर अन्तरक्रिया गरेर त्यसको वास्तविक अवस्था र त्यसको सुधारका लागि गर्न सकिने के हो, त्यसका बारेमा ध्यानाकर्षण गराएका छौँ ।’

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading