Sunday, September 8

रोल्स रोयसका विद्युतीय विमानले तोडे विश्व रेकर्ड

अहिलेसम्म हामीले विद्युतीय कार र बाइकबारे मात्रै सोचिरहेका थियौँ, तर, यसैबेला रोल्स रोयस कम्पनीले विद्युतीय विमान ल्याएको छ । रोल्स रोयसले निर्माण गरेका विद्युतीय विमानले दुईवटा विश्व रेकर्ड तोडेको छन् ।

यसको अधितम गति ३८७.४ माइल प्रतिघण्टा (६२३ किमी/घण्टा) छ, जुन अहिलेसम्म बनेमध्येको सबैभन्दा तीव गतिका विद्युतीय सवारी हुन् ।

विमानले सबै रेकर्ड तोड्यो

रोल्स रोयसद्वारा निर्मित सबै विद्युतीय विमानले दुईवटा विश्व गतिको कीर्तिमान तोडेको बीबीसीले जनाएको छ । नोभेम्बर २०२१ मा स्पिरिट अफ इनोभेसनको औसत ५५५.९ किमी/घन्टा (३४५.४ माइल प्रतिघण्टा) र १५ किमी/घन्टा भन्दा धेरै ५३२.१ किमी/घन्टा (३३० माइल प्रतिघण्टा) दूरी तय गरेको थियो ।

वर्ल्ड एयर स्पोर्ट्स फेडरेसनलेले दुवै प्रयोगात्मक प्रयासलाई विश्व कीर्तिमानको रूपमा प्रमाणित गरेको छ । रोल्स रोयसले यसलाई ठूलो उपलब्धि भनेका छन् ।

यो विद्युतीय विमानको गति कति छ ?

यस विद्युतीय विमानको गतिबारे कुरा गर्दा, यसको अधिकतम गति ३८७.४ माइल प्रतिघण्टा (६२३ किमी/घण्टा) छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको विद्युतीय सवारी साधन बनाउँछ ।

बेलायत सरकारको समर्थन रहेको यो परियोजना एक्सेलेरेटिङ द इलेक्ट्रिफिकेशन अफ फ्लाइट (ACCEL) परियोजनाअन्तर्गत पर्छ ।

५३५ बीएचपी सुपरकार बराबर

यो सबै विद्युतीय विमानमा ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गरेको छ, जुन ५३५ बीएचपीको सुपरकार बराबर छ ।

यस कार्यक्रमका लागि विकसित उन्नत ब्याट्री र प्रोपल्सन टेक्नोलोजीले वायु गतिशीलता बजारका लागि रोमाञ्चक अनुप्रयोग प्रदान गर्ने बताइएको छ । यो अर्को कोसेढुङ्गा हो, जसले ‘जेट जीरो’ लाई वास्तविक बनाउन मद्दत गर्ने छ ।

साथै हाम्रो महत्वाकांक्षालाई टेक्नोलोजीले सफलता प्रदान गर्न सहयोग गर्ने छ । यसले समाजलाई हावा, जमिन र समुद्रबाट यातायातलाई डिकार्बोनाइज गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading