Thursday, May 23

इन्टरनेट कुकिज : तपाईंको डाटा कसरी लुकाउँछ ?

प्रायः देख्नुभएको होला नयाँ वेबसाइट खुल्नासाथ तपाईंको अगाडि Accept Cookies को विकल्प आउँछ । कुकिज के हुन् र किन ठूलाभन्दा ठूला वेबसाइट यसको पछि लागिरहेका छन् ?

कुकिजको गलत प्रयोगको कारण हालै गुगल र फेसबुकलाई फ्रान्स सरकारले १७०० करोड जरिवाना गरेको छ । तपाईं यसबाट अनुमान लगाउन सक्नुहुन्छ कि इन्टरनेट कुकिजको पनि ठूलो मात्रामा दुरुपयोग हुन सक्छ भनेर । त्यसैले यहाँ हामी तपाईंलाई यससँग सम्बन्धित सबै आवश्यक जानकारी दिनेछौं :

इन्टरनेट कुकिज के हुन् ?

इन्टरनेट कुकिज पाठ फाइलहरू हुन्, जसमा तपाईंबारे केही डाटा हुन्छन् । यी डाटा तपाईंलाई (जस्तै तपाईंको कम्प्युटर) पहिचान गर्न प्रयोग गरिन्छ । कुकिजले तपाईंले अन्तिम पटक पढेको, हेरेको वा खोजेको वेबसाइटलाई बताउँछ । तपाईंले सर्भरमा पहुँच राख्नैबित्तिकै डाटा कुकिजमा भण्डारण गरिन्छ । यसले तपाईं र तपाईंको कम्प्युटरलाई विशेष पहिचान दिन्छ ।

प्रत्येक पटक जब तपाईं वेबसाइट खोल्नुहुन्छ विशेष आईडीमार्फत यसले तपाईंलाई पहिचान गर्छ र तपाईंसँग सम्बन्धित जानकारी देखाउँदछ । उदाहरणका लागि – यदि तपाईं अमेजनजस्ता सपिङ वेबसाइटमा जानुहोस् र १५ हजारको मूल्य भएको स्मार्टफोन खोज्नुहोस् र त्यसपछि वेबसाइट बन्द गर्नुहोस् । अर्को पटक तपाईं यस वेबसाइटमा फर्किँदा तपाईंले यहाँ उही मूल्यका स्मार्टफोनहरू देख्न सक्नुहुन्छ वा तपाईंले तिनीहरूसँग सम्बन्धित विज्ञापन देख्न सक्नुहुन्छ ।

कुकिजको फाइदा के हो?

यदि हामीले कुकिज स्वीकार गरियो भने वेबसाइटले डाटा ट्रयाक गर्न सुरु गर्छ । कुन पृष्ठ भ्रमण गर्नुभयो, कुन सेक्सनमा कति समय बिताउनुभयो कुकिजले थाहा पाउनेछन् । यदि तपाईं वेबसाइटमा साइन अप गर्नुहुन्छ भने यसले तपाईंको आईडी र पासवर्ड पनि सम्झन सक्छ । फाइदाहरूका बारेमा कुरा गर्दा यसले तपाईंको लगइन समय बचाउन सक्छ, तपाईंले पासवर्ड टाइप गर्नुपर्दैन, साथै तपाईंले देख्ने विज्ञापनहरू तपाईंसँग सम्बन्धित हुनेछन् ।

कुकिज को बेफाइदा के हो?

कुकिजका फाइदाहरूसँगै बेफाइदाहरू पनि छन् । यदि यो डाटा गलत मानिसको हातमा पर्यो भने यो तपाईंका लागि खतरा हुन सक्छ । कुकिज आफैँमा खतरनाक हुँदैन । यद्यपि, कम्प्युटर ह्याक भयो भने ह्याकरले कुकिजमार्फत तपाईंको ब्राउजिङ हिस्ट्री र अन्य संवेदनशील डेटामा पहुँच स्थापित गरी दुरुपयोग गर्न सक्छन् ।

कुकिज कसरी खाली गर्ने?

यदि तपाईं क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने यसलाई खोल्नुहोस् ।
अब ब्राउजरको Settings मा जानुहोस् ।
अब बाँयामा दिइएको Privacy and security मा क्लिक गर्नुहोस् ।
अब Clear Browsing Data मा जानुहोस् ।
यहाँ Cookies and Other site Data चयन गर्नुपर्छ ।
तपाईंले समयको दायरा पनि उल्लेख गरेर डाटा क्लियर गर्न सक्नुहुन्छ ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading