Thursday, May 23

ओमिक्रोन संक्रमणबाट बच्न हामी के गर्ने सक्छौं ?

नेपालमा पनि ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मानिसहरूमा ओमिक्रोन संक्रमणको त्रास पनि बढेको छ । त्यस्तै, नेपालमा अहिलेसम्म २७ जनामा ओमिक्रोन संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तोमा अब हामी कसरी यो संक्रमणबाट बच्ने भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । ओमिक्रोनबाट बच्न पनि यसअघि जस्तै भ्याक्सिन, मास्क, दूरी कायम राख्ने र भेन्टिलेसन बस्नुबाहेक अरू उपाय नभएको विज्ञ बताउँछन् ।

यी स्वास्थ्य मापदण्ड अपनाउँदा भाइरससँगको सम्पर्क कम भई यसको फैलावट कम हुने चिकित्सकहरू बताउँछन् । धेरैभन्दा धेरै मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनाले पनि भाइरसको नयाँ उत्परिवर्तनको अवसरलाई सीमित गर्न सकिन्छ ।

यद्यपि, डेल्टा भेरियन्ट पछि आउने ‘भेरिएन्ट अफ कन्सर्न’ भेरियन्टले हाम्रो जीवनलाई अझै असहज बनाउने भन्ने हामीलाई लागेको थियो । तर, ओमिक्रोन भेरियन्ट त्यस्तो देखिएन ।

यो ओमिक्रोन ‘भ्यारियन्ट अफ कन्सर्न’ बन्नका लागि उपयुक्त छ कि छैन प्रस्ट नभए पनि यो स्पष्ट हो कि कोरोना भाइरसको परिवर्तित रूपले हामीलाई अझ अचम्मित पार्न सक्छ । जति सक्दो चाँडो हामीले यो भाइरसप्रतिको डरलाई कम गर्न सक्यौँ सबैका लागि त्यति नै राम्रो हुने छ ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading